जनकपुरधाम ।
जनकपुरमा खेतमा दुई किशोरी मृत अवस्था फेला परेको छ ।
धनुषाको नगराईन नगरपालिका वडा नम्बर ६ र ७ को बीचमा पर्ने बीर्ता चौरी (खेत) मा मँगलबार दिउँसो मृत अवस्थामा फेला परेको हो ।
गाउँलेहरु खेत तर्फ जाँदा चौर जस्तो देखिने ठाउँमा दुई किशोरी मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो । केही बेरमा घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मृतकहरुको पहिचान भइसकेको छ । एक स्थानीय रहेकी छन् भने अर्की छिमेकी मुलुक भारत विहारकी रहेकी छन् ।
धनुषाको नगराईन नगरपालिका वडा नम्बर ७ देवडिहा बस्ने स्थानीय दशरथ महराकी १८ बर्षिय छोरी पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी ७ घर भई हाल हजुरवुवाको घर नगराईन ७ बस्दै आएकी बर्ष १९ की आरती कुमारी महरा मृत अवस्थामा फेला परेकी हुन् ।
शवको प्रकृति हेर्दा शँकास्पद देखिएको छ । प्रहरीले मृतकहरुको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
newsbureau
Ad
Ad
Ad
Ad