जनकपुरधाम-
निहारिका ब लात्कारको मुद्दा प्रकरणका आरोपित शीवराज श्रेष्ठ डीएनए टेस्टको लागि आफू तयार रहेको बताएका छन् ।
न्युज२४ टिभिको सिधा कुरामा आरोपित श्रेष्ठले डीएनए टेस्टको माग सुरु देखि नै आफूले उठाई रहेको बताए
उनले जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो पटक निहारिकाले महिला सेलमा उजुरी दिदा नै डीएनए टेस्टको माग आफैले गरेको थियो ।
आफू निहारिका संग प्रेम सम्बन्धमा भएको स्वीकार गर्दै उनले भने, ‘४ महिना सम्म प्रेम सम्बन्धमा रहेको थिए।’
आरोपित श्रेष्ठले भने, ‘निहारिकाले आफ्नो ट्याटु मेटाउनका लागि मसँग पैसा मागिन्। मैले निजलाई म विद्यार्थी मान्छे भएकाले मसँग पैसा छैन भनेकोमा निजले सोही कुराको रिसइबीले म उपर झुठो व्योहोरा लेखाई जाहेरी दिएको हो ।
’ श्रेष्ठको अनुसार निहारिकाको घाटीको पछाडि मनिष नामको ट्याटु छ, अनि त्यहि ट्याटु मेटाउनको लागि मसंग २—४ लाख रुपैयाँ मागिन्, यो ट्याटु मेटाउछु अनि तपाईको नामको ट्याटु बनाउँछु ।
यो मेट्नको लागि नेपालमा हुँदैन रे अष्ट्रेलिया नत्र थाइल्याण्ड जानु पर्छ, मलाई पैसा दिनु । अनि मैले दिन नसकेपछि त्यहि दिन झगडा गरिन् । र त्यसको केहि दिन पछि म गर्भवति छु, र यो बच्चा तिम्रो हो भनेर आरोप लगाएर फसाकी हो ।
आरोपित श्रेष्ठले घटनाको सुरुवात मै जिल्ला प्रहरी कार्यालयमा अभिभाव लिएर आउन भनेको बेला आफू अभिभावक सहित उपस्थित भएको तर निहारिकाले आफ्नो अभिभावकलाई नबोलाएर अरुलाई नै दाई बनाएर ल्याईन् ।
उनले आज सम्म मिडियामा एकतर्फी कुरा मात्र आइरहेको र अहिले पहिलो पटक न्युज२४ ले आफूलाई कुरा राख्ने मौका दिएकोमा धन्यवाद व्यक्त गर्दै आफू डिएनए टेस्टको लागि तयार भएको तर त्यसको लागि यहाँ अदालतमा आएर विधिवत प्रक्रियामा जानु पर्ने काठमाण्डौंमा बसेर सडकबाट हल्ला गरेर नहुने बताए ।
आरोपित श्रेष्ठको अनुसार निहारिका संग प्रेम सम्बन्धमा भएपनि बच्चा आफ्नो नभएको दाबि छ।
‘मैले त सुरु देखि नै डिएनए टेस्टको माग आफैले गरेकोछु तर अदालतले त्यति बेला टेस्ट नगराएकोले मेरो के दोष, त्यसैले प्रक्रियामा आएर डिएनए टेस्टको लागि निहारिका यता आएर अघि बढे हुन्छ,’ उनले भने ।