जनकपुर ।
जानकी मन्दिर वरिपरि फुटपाथमा व्यवसाय गरी गुजारा चलाउँदै आएका साना तथा खुद्रे व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर विरुद्ध आन्दोलन गर्ने भएका छन् ।
मेयर मनोजकुमार साहको निर्देशनमा सडक छेउमा पसल थापेर व्यवसाय गर्दै आएका साना व्यापारीहरूलाई दुःख दिएको भन्दै उनीहरुले आन्दोलन गर्ने भएका हुन् ।
व्यापारीहरुले आइतबारदेखि जनकपुरधाम उपमहानगरपालिका र मेयर साहको विरोधमा आन्दोलन गर्ने तयारी गरेका छन् ।
सडक छेउको फुटपाथ खाली गरेपछि साना तथा खुद्रे व्यापारीहरूको जीविकोपार्जनमा संकट उत्पन्न भएको भन्दै आन्दोलन गर्ने निर्णयमा पुगिएको व्यवसायी नेता सुशील कर्णले बताए ।
उनले भने, ‘जानकी मन्दिर वरिपरिको फुटपाथ व्यापार गर्नेहरुका लागि जीविकोपार्जनका लागि उचित व्यवस्थापन मिलाउन नसक्दा मेयर मनोज साहविरुद्ध संघर्षमा उत्रिनु परेको हो ।’
ad
Ad
Ad
Ad