जनकपुरधाम।
आगामी निर्वाचनलाई नियमन गर्नको लागि धनुषाको सबैलामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
विहिबार दिउँसो स्थानीय चुनावलाई दृष्टिगत गर्दै सबैला नगरपालिकाको वडा नम्बर ३ प्राथमिकस्थित स्वास्थ्यकेन्द्रस्थित निर्वाचन अधिकृत कार्यालयको स्थापना गरिएको हो ।
सबैला नगरपालिकाभित्र रहेको सर्वदलिय जनप्रतिनीधि, राजनीतिकर्मीहरुको सहमतिमा सबैला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र हाताभित्र निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।
सबैलाको लागि बासुदेव पाण्डे निर्वाचन अधिकृत भएर आएका छन् । निर्वाचनलाई अनुशासित एवम् नियमन गर्नको लागि पाण्डेसहित अन्य कर्मचारीहरु निर्वाचन अधिकृतलाई सहयोग गर्ने भएको छ ।