जनकपुरधाम।
मिथिला नगरी जनकपुरधाम उप-महानगरपालिकाको मेयरका लागि जनमत पार्टीले अनिता देवी साहलाई उम्मेदवार बनाउने भएको छ ।
मंगलवार जनमत पार्टीले पार्टीको केन्द्रीय सचिव समेत रहेकी साहलाई मेयरका उम्मेदवार बनाउन सिफारिस गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।
यस अघि सोमबार जनमत पार्टीले १ सय १० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।
जनकपुरधामको मेयर पदका लागि १ दर्जन भन्दा बढी आकांक्षी रहेका छन् ।