जनकपुर।
१८ महिने बालिका बला त्कारपछि ह त्या गरेको घटनाको विरोधमा आज पनि मोरङको गछियामा प्रदर्शन भएको छ । स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन चर्काउँदै आएका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बला त्कारपछि ह त्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको ह त्या आ रोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।
सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा संचारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
पक्राउ परेकी संचारकर्मी राईले आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताइन् । प्रहरीले भने उनीपनि आन्दोलनमा सहभागी भएको दाबी गरेको छ ।
मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए । ‘अभद्र व्यवहार’मा मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वीकमाण्ड अनलाइनमा काम गर्छिन् ।
भिडियो खिचेकै आधारमा संचारकर्मीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरुद्धमा भएको प्रेस सेन्टर मोरङ उर्लाबारी शाखाका अध्यक्ष सरोज बस्नेतले बताए । पूर्वी कमाण्ड मिडियाका अध्यक्षसमेत रहेका बस्नेतले संचारकर्मी राईलाई तत्काल छोड्नुपर्ने र मुद्दा हाल्न नहुने बताए ।
पक्राउ परेको उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । संचारकर्मीलाई पनि पक्राउ गरी मुद्दा दर्ता गरेको घटनाप्रति पत्रकारहरुको संगठनले विरोध गरेका छन् ।