जनकपुर ।
भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ ।
सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् ।
तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।
ad
Ad
Ad
Ad