जनकपुर।
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका मन्त्रीहरूले जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका छन् ।
अध्यक्ष भट्टराईले मधेस सरकारको उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसमा मधेस प्रदेश सरकारका जसपाका मन्त्रीले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक नेताले बताए ।
समहमा छलफल हुने क्रममा मधेस प्रदेशका एक मन्त्रीले पार्टीकै शीर्ष नेताले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरेपछि अरूले बोल्ने ठाउँ पाउने उनीहरुको भनाइ थियो ।
मधेस सरकारले कहाँ के गर्न सकेन भन्ने उल्लेखै नगरी सन्तुष्ट नरहेको भन्नु पूर्वाग्रही टिप्पणी रहेको ती मन्त्रीले भनेका छन् ।