धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १५, सोमबार १०:४० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश२४ / जनकपुरधाम । धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर-१ भुतहीका ४६ वर्षीय पुरुष छन् । उनको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एक्कासी बिरामी भएपछि ती पुरुषलाई गत मंसिर १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गर्दा १३ गते शनिबार पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा आइतबार उनको मृत्यु भएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार