बाराको होटेल प्याराडाईजमा प्रहरीको छापा : १० जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १३, शनिबार १०:०१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित होटल प्याराडाईजमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले उक्त होटलमा छापा मारी लाखौं रुपैया नगद र कौडासहित १० जुवाडेलाई प्रक्राउ गरेको छ । जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा गएराती जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले होटलमा घेरा हालेर छापा मारेको थियो ।

प्रहरीले होटलबाट १६ थान कौडा, ५ लाख ८२ हजार २ सय ५० रुपैया नगदसहित जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । पक्राउ परेका जुवाडेहरुमाथि थप अनुसन्धान तथा कार्वाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार