सप्तरीमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २०, मंगलवार ११:३३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

सप्तरी । सप्तरीमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार जिल्लामा थपिएका ७ जना संक्रमितमध्ये ६ जना प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत छन् । उनीहरु सबै प्रहरी जवान हुन् ।सोमबार सप्तरीमा देखिएका अर्का संक्रमित भने जीवन बिमा कम्पनीमा काम गर्ने ३८ वर्षका पुरुष हुन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ । कोरोना संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण बढ्न नदिन भन्दै जिल्लामा मंगलबार बिहानदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार