चिनियाँ रक्षामन्त्री फेङ्हो भोलि नेपाल आउँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १३, शनिबार १०:१८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाण्डौ   ।  जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपाल भ्रमणको औपचारिक घोषणा गरिएको छ ।

एकदिने कार्यशील भ्रमणमा उनी आइतबार काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी आइतबार साँझ नै स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार