जनकपुर । पुस २० गतेको घटना हो । के तपाईलाई यो कुरा थाहा छ, प्रेम कथामा एउटा मात्र सन्तान भएतापनि त्यसको षड्यन्त्र पुर्वक मृत्युसम्मको यात्रा हेर्दा उसको घर परिवारमाथी दु:खको पहाड नै खसेको हुन्छन ।
धनुषाको सबैला नगरपालिकामा ३ बस्ने बलिराम यादवको छोरा सिकेन्द्र यादव समान्य परिवारमा जन्मेको एकल छोरा थियो जसको दुई छाक खानाको लागि दु:ख गर्नुपर्ने कुरा मृतकको बुवाले बताए ।
प्रेमदेखि मृत्युमा परिणतको कथा !
अहिले प्रेम भनेको युवायुवतीहरूको लागि समान्य भएको देखिन्छ तर कति मान्छे प्रेम गरेर सफल हुन्छ भने कति प्रेममै असफल हुन्छ । यहाँ दुवै कुरा भन्दा फरक कहानी देखिन्छ । केटाको जन्म सबैला नगरपालिका स्थित एउटा समान्य परिवारमा भएको थियो उमेर पुग्दै जादा एउटा धनी घरको किशोरीसंग प्रेम प्रसंग सुरुवात हुन्छ । केटिको नाम र ठेगान खुलाउन सक्दिन ।
जब दुवैजना गहिरो प्रेममा पर्छ तब केटिको घरबाट धम्की आउँछ तिम्रो छोरालाई समाप्त गरिदिन्छु मृतकको बुवाले बताए ।
एउटा मात्र छोरा भएको कारण उसले जसो-त्यसो गरेर एस,ई,ई पास गरेर बिदेशजाने प्रयासमा दौडधुप सुरु हुन्छ । केटिले केटा बिना नबच्ने कुरा जाहिर गर्दा केटालाई बिदेश पठाउने कुरा स्थगित हुन्छ ।
एकपटक केटीको घरमै दुबै जनालाई केटिपक्षले सामातेको कुरापनि मृतकको आमा संवाद मार्फत प्रकट गरेकि छिन । घरमा समातिदा घरको मान्छेले मोबाइल खोसेर केटालाई पठाइदिन्छ । त्यसपछि केटिको परिवारबाट प्रस्ताव आउँछ, दुबैलाई पढन दिनुस् योग्य भएपछि बिहे गरिदिने वाचा समेत गरे ।
केटालाई पढाउनको निम्ति भारत पठाउछ्न तर केटिको फोर्सले केटा एउटा नयाँ मोबाइलसहित आफ्नै जिल्ला फर्किन्छ । उच्च शिक्षाको लागी केटालाई बिराटनगरसमेत पठाउछ्न तर केहिदिनमै केटिको लागि जनकपुर फर्केर आउछ्न । कोठाको सेटलमेन्ट समेत केटीपक्षले रामानन्द चौक वरिपरि गरिदिन्छ ।
सबै कुरा ठिक नै थियो दुबै जोडिलाई यस्तो महसुस हुन्छ कि अब उनीहरुको प्रेम सफल भयो तर यथार्थ चाहिँ फरक देखियो। पुस २० गते अकस्मात केटा प्रादेशिक हस्पिटलको बेडमा मृत अवस्थामा देख्दा परिवार पागल सरह भयो ।
मृत्यु कसरी भयो, सन्दर्भमा मृतकको परिवारको अनुसार सिकेन्द्रलाई पहिला नै हत्या गरेर फाँसी जस्तै झुन्डियाइको थियो । यसरी एउटा जोडिको प्रेम मृत्युसम्म पुगेर समाप्त हुन्छ ।
आजसम्म त्यो अनुसन्धान अधुरो छ, एक महिना बितिसक्दा पोष्टमार्टमको रिपोर्ट आएको छैन । यहाँ पैसाको ठुलो चलखेल भएको मृतकको परिवारले दाबीसमेत गरे।

