धनुषा – धनुषाको सबैलामा लागेको दुर्गा मेलामा बरफ बेच्न गएका एक युवक बियरको बोतल प्रहारबाट गम्भीर घाइते भएका छन् ।
सबैला नगरपालिका १० खरियानी निवासी २७ वर्षीय सदाम हुसेन धुनिया बियरको बोतल प्रहारबाट घाइते भएका हुन् । धुनिया दुर्गा मेला सबैलामा बरफ बेच्न आएका थिए ।
उनको ढाडको बाँया,दायाँ कुममुनिमा गहिरो चोट लागेको प्रहरीले जनाएकोे छ । धुनियाको स्थानीय अमन हेल्थ केयर सबैलामा उपचार भइरहेको छ ।
बियरको बोतल प्रहार गर्नेलाई पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जनाएको छ ।थप आउन बाकी

