जनकपुर—
चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरलाई घरबाटै नियन्त्रणमा लिएको छ । घरको दराजमा लक गरिएको अवस्थामा प्रहरीले चोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आपराधिक घटनाका दोषीलाई कैद मिनाहा गर्ने सरकारी निर्णय कस्तो लाग्छ ?
बुधबार साँझ लालबन्दी नगरपालिका–१७ रानीगन्जबाट प्रदेश–३–०२–०१२प ५८३१ नम्बरको यमहाको एफजेड मोटरसाइकल चोरी भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोलका २८ वर्षीय रामकरण महतोलाई नियन्त्रणमा लिएको हो ।

महतोको घरबाट चोरिएको एफजेड मोटरसाइकलसहित अन्य मोटरसाइकलबाट निकालिएका नम्बर प्लेट, ट्यांकीसहित विभिन्न पार्टपूर्जा समेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार घरबाट चोरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले शंका लागेर घरभित्र जाँच गर्दा महतो बाहिरबाट लक गरिएको दराजभित्र लुकेर बसेका थिए ।
विभिन्न मोटरसाइकलको नम्बर प्लेट, ट्यांकी लगायतका पार्टपूर्जा बरामद भएपछि महतो मोटरसाइकल चोरीको गिरोहमा सक्रिय रहेको प्रहरीको आशंका छ । चोरी आरोपमा पक्राउ परेका महतोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
