ad
जनकपुर :
जनमत पार्टीका अध्यक्ष सिके राउतले राजनीतिक भेटवार्तालाई तिव्र पारेका छन् ।
निर्वाचन परिणामपछि राउत नयाँ सत्ता समीकरणको विषयलाई लिएर विभिन्न राजनीतिक दलका शीर्ष र दोस्रो तहका नेतासँगको भेटवार्तालाई तिव्रता दिन थालेका छन् ।
भेटकै क्रममा राउतले आज नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई भेटेका छन् ।
खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका राउतले निर्वाचनको मत परिणामको समीक्षा तथा आगामी सत्ता समीकरणका बारेमा छलफल गरेका छन् ।
भेटमा खड्काले राउत र राउतले नेतृत्व गरेको पार्टीको जितमा बधाई दिँएका थिए ।
त्यस्तै सत्ता समीकरण र सहकार्यका विषयमा पनि छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।
Ad
Ad
Ad
Ad
