जनकपुर ।
पछिल्लो २४ घण्टा काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे ।
बलिउड फिल्न नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधा रणले शाहको तुलना गरिरहेका छन् ।गत बैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक
दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए ।
कांग्रेस एमाले लगायतका दलहरुले जनता को अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरबासीको मन जिते का थिए ।
तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाह बाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो ।केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहर को डंगुर थुप्रिएको थियो जसको व्यव स्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोच ना भइरहेको थियो ।
काठमाडौं, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रह रुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठ माडौंका मेयर शाहको कार्यसम्पा दन कमजोर देखिएको थियो ।
यसअघि काठमाडौंमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरबासीले शाहको आलोचना गरिरहेका थिए ।धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अ३ि भन्दा अहिले चर्चाको शिखरमा रहेका थिए ।
श्रमदान गरेर चर्चामा रहेका उनले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्रहार गरिरहेका थिए । तर, पछिल्लो २४ घण्टामा काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ ।
सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ ।शाहले बलिउड फिल्म नाय कको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ ।
सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक नायक शैलीमा छाएका हुन् । काठमाडौ मा पार्किङको समस्या छ । तर व्यापा रीक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यव साय सञ्चालनका लागि भाडामा लगाइरहे का थिए । जसलाई शाहले तोडेका छन् ।
३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औं दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुन विपरित भएका संरचनामा उनले डोजर चलाए का छन् जसको यतिबेला वाहवाही भइरहेको छ ।बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकी उनीमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए ।
उनले आफूलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायतले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोजेका छन् ।