जनकपुर ।
पहिलो टिजरबाट विश्व बजारमा छुट्टै छाप छोड्न सफल चलचित्र ‘प्रेमगीत ३’ को दोश्रो टिजर सार्वजनिक भएको छ ।
नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज भएको सो टिजरले दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।
नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ र कलाकार सुनिल थापा देखिएका उक्त टिजरका दृश्यहरुलाई मेकरले एकदमै मनमोहक तरिकाले प्रस्तुत गरिएको छ ।
दुख र सङकटमा परेका प्रजाहरुले नायक पाउँदाको खुसीलाई टिजरले देखाउन खोजेको छ ।
असोजको ७ गतेबाट हिन्दी भाषामा भारतमा र नेपालमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ लाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशन गरेका हुन् ।
ad
Ad
Ad
Ad
Ad