गौशाला – महोत्तरीको गौशाला नगरपालिकामा बिषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउसो करीब ४ बजेको समयमा गौशाला नगरपालीका वडा नंम्बर ४ रजखोर स्थित रहेको जनता माबि बिधालयको प्राङ्गनमा खेलिरहेको क्रममा बिषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको हो ।
सर्पदंसबाट सिकिस्त भएकी स्थानिय राजिब महतोकी छोरी बर्ष ६ कि प्रियंका कुमारी महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही बिधालयको कक्षा एकमा पढिरहेकी प्रियंका साथीहरुसंग प्राङ्गनमा खेलीरहेको अबस्थामा शर्पले टोकेको थियो ।
आनन फाननमा परिवारजनले बर्दिबास स्थित शर्प दंश उपचार केन्द्रमा लगे पश्चात उपचारको क्रममा मृत्यु भएको हो ।
बिधालय परिसर सरसफाई नहुदा यस्ता घटना घटेको स्थानीयहरु बताउछन् ।