जनकपुर :
हरिवनमा पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। हरिवन –२ की अनुषा महतोको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मंगलबार साँझ घरमै खेल्ने क्रममा उनी आँगनमा राखिएको पानीको ड्रममा डुबेकी थिइन्।
नमुना अस्पताल हरिवनमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
