जनकपुर :
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ ।
हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिए।
उहाँले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिए ।
सरकारो निर्णयलाई कार्यन्वय गर्दै निजी तथा सरकारी विद्यालयहरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन्।
निजी विद्यालयहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ। त्यस्तै प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए।