जनकपुरधाम।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गए राति ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जिप ठोक्किएका थिए ।
दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।