जनकपुरधाम।
जनमत पार्टी धनुषा किसान आन्दोलनका स- संयोजक रहेका बाल कृष्ण साह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनी सबैला नगरपालिकाको मेयर पदका राप्रपा पार्टी बाट टिकट लिइ उम्मेदवारी दिने भएको छ ।आइतबार हिजो एक कार्यक्रम बीच जनमत पार्टीलाई परित्याग गरि राप्रपामा प्रवेश भइ मेयरमा उम्मेदवारी दिने भएको हो ।
राप्रपा पार्टीको केन्द्रिय सदस्य मनोज मलका अनुसार, सबैला नगरपालिकाको मेयरमा साह उम्मेदवारी दिने तय भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा यस्तो पार्टी हो समग्र रूपमा तराई, पहाड र हिमाललाई एक जुट बनाउने गर्छ र हिन्दु राष्ट्रिय स्ंबिधानिक राजा सहितको प्रजातन्त्र ५ बिकाश क्षेत्र जसमा प्रदेशको जन्स्ंख्याको आधारमा प्रतिनिधित्व को मुल एजेन्डाको साथमा कार्य गर्ने गर्छ भने साहले बताए ।
यद्यपि, उनलाई सो कार्यक्रमको प्रमुख अतिथि एवम् राप्रपाको केन्द्रिय सदस्य मल,धनुषा जिल्ला सदस्य राम प्रसाद यादव ,हरि संकर प्रसाद साह ,राप्रपाका क्षेत्रीय प्रतिनिधि नागेन्द्र कापर लगायतका नेताहरूले राप्रपामा स्वागत गरेका थिए । रासस