जनकपुरधाम।
धनुषा जिल्लास्थित सबैला नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाली काँग्रेसले चुनावी तालमेल गरी गबन्धन गरेको छ ।
सबैला नगरपालिकाको लागि नेपाली काँग्रेसले मेयरको पदमा उम्मेदवारी दिने सहमति भएको छ भने केही वडाहरुलाई जसपालाई दिन सहमति भएको छ ।
नगरपालिकाको उपमेयरको लागि जसपाको भागमा परेको छ भने १३ वटा वडाहरुमध्ये ८ वटा वडा नेपाली काँग्रेस र बाँकी ५ वडा वडा मात्र जसपाले पाउने भएको छ ।
चुनावी गठबन्धनको लागि नेपाली काँग्रेसका नगर सभापति जीतनारायण यादव र जसपाका दिपक कार्कीद्धारा हस्ताक्षरित सहमति पत्रमा काँग्रेसले मात्र मेयर पाउने भएको छ ।
नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेस पार्टीको वडाध्यक्ष उम्मेदवार हुनेछ भने वडा नम्बर ४, ५ र ६ वडामा जसपाले सिट पाउने भएको छ ।
यस्तै, ७, ८, ९ र १० वडामा नेपाली काँग्रेसले आफ्नो उम्मेदवार उठाउने छ भने ११ नम्बर वडामा जसपाले आफ्नो उम्मेदवार उठाउने छ ।
१२ र १३ वडामा पनि नेपाली काँग्रेसको उम्मेदवार खडा हुने निर्णय दुई पार्टीबीच भएको हो । दुई पार्टीको गठबन्धनले सबैलामा पुनः नेपाली काँग्रेसकै सत्ता हुने अनुमान गरिएको छ ।