सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्गिएको छ । बुधबारको बैठकले भागबण्डा टुङ्ग्याएको हो ।
सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि बैठक बसेको थियो ।
६ वटा महानगरमध्ये कांग्रेसले तीन र माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक/एक वटा महानगरपालिकाको मेयर पाएका छन् ।
त्यस्तै, ११ वटा उपमहानगरमध्ये कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन् ।
३० वैशाखमा हुने स्थानीय तहका निर्वाचनका लागि सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।
महानगरको मेयरमा
कांग्रेस : काठमाडौं, ललितपुर र विराटनगर माओवादी केन्द्र : भरतपुर नेकपा (एकीकृत समाजवादी) : पोखरा र जनता समाजवादी : वीरगन्ज
उपमहानगरको मेयरमा
कांग्रेस : धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान माओवादी केन्द्र : घोराही र जितपुर सिमरा नेकपा (एकीकृत समाजवादी) : हेटौंडा जनता समाजवादी : जनकपुर