जनकपुरधाम ।
स्थानीय तहको निर्वाचन नजिकिएका बेला पत्रकार सुरेश यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले पत्रकार यादवलाई पार्टीमा भित्र्याएका हुन् । प्रेस मञ्च नेपालका मधेस प्रदेशका कार्यवाहक अध्यक्ष समेत रहेका यादव सबैला नगरपालिकाका मेयरका आकांक्षी थिए ।
एक दशक बढी राष्ट्रिय मिडियामा काम गरेका यादव सबैला नगरपालिकाको मेयरमा चुनाव लड्नकै लागि जसपामा प्रवेश गरेका थिए ।
बिना लेनदेन काँग्रेसमा प्रवेश गरेको यादवले बताए । उनले भने, ‘मेयरको टिकट विषयमा कुनै सहमती भएको छैन् । तर छलफल चलिरहेको छ ।’