मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन्।
सर्लाही जिल्लाको चक्रघट्टामा बजार देखि खोरिया जाने सडक खण्डमा मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन।
घाइते हुनेमा चक्रघट्टा गाउँपालिका-४ मा बस्ने अरसे आलमको १८ बर्षिय छोरा जिसान रहेको ईलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रहरी नायब निरीक्षक जितेन्द्र प्रसाद साहले जानकारी दिएका छ्न।
आज (आइतबार) दिउँसो करिब १२:४० बजे बी.आर.३०यू. नम्बरको भारतीय मोटरसाइकल दुर्घटना भएका हो। मोटरसाइकल दुर्घटनामा सडकबाट चिप्लिएर खेतमा गएर बजारिएको थियो।
घाइते जिसानलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र दुर्घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चक्रघट्टाले जनाएको छ।