जनकपुरधाम।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व शनिबार नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन्।
चैतेदशैँका अवसरमा शनिबार बिहानैदेखि जनकपुरधाम लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो। मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठा–मीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैतेदशैँ पर्व मनाएका छन्।
बडादशैँजस्तै चैतेदशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो। बडादशैँमा जस्तै चैतेदशैँमा पनि परिवारका सदस्यबीच जमघट हुनेगर्छ।
कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ। बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ।
चैतेदशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन। चैतेदशैँमा अष्टमी र नवमीलाई विशेषरूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रूपमा मनाइन्छ।
त्यस्तै नवमिको चैती दुर्गाको एकाबिहानै देखि घोइच भर्नेको घुइँचो लागेको छ। धनुषाको सबैला नगरपालिका वार्ड नं. ९ भठिहन टोलमा विगत ५ सालदेखि लाग्दै गरेको चैती दुर्गापुजा भव्यताको साथ लागेको देखिएको छन।
सतमी देखि नै मातारानिको घोइचा भर्नेको भिडभाड देखीए पनि महा-अष्टमि र नवमिको उतिकै नै घुइँचो लागेको थियोे। उक्त अवसरमा चारदिने मेलामा नाचगान,पहलमानी समेत आयोजना गरिएको मेला समितिले जनाएको छ।