जनकपुरधाम :
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको बैनरमुनी एक मँचमा अश्लिल डान्स गरिरहेको भिडियो भाइरल बनेपछि चौतर्फी आलोचना भएको छ ।
मधेश प्रदेशको बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थितको हरनीया बजारचोकमा आयोजना गरिएको झण्डा मेलाको क्रममा नाच कार्यक्रम गर्न बनाईएको मँचमा जनमत पार्टीको बैनर देखिएपछि चौतर्फी आलोचना भएको छ ।
यतिबेला समाजिक सँजालमा एक भिडियोमा अश्लिल गीतमा अश्लिल डान्स गरिरहेको भिडियो भाइरल बनेको छ । समाजलाई अपच हुने खालको डान्स र गीत बजिरहँदा जनमत पार्टीको झण्डा अगाडी देखिएपछि समाजिक सँजाल तातिएको छ ।
अन्य पार्टीहरुले नाचको आयोजना नै गरी पार्टी प्रवेश कार्यक्रमहरु गर्दा आलोचना गर्ने जनमत पार्टीकै बैनर लागेको स्टेजमा अश्लिल नृत्य भएपछि फेसबुक लगायतको समाजिक सँजालमा आलोचना भएको छ ।
समाजिक सञ्जाल फेसबुकमा भईरल भईरहेको त्यो भिडियो बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका स्थित हरनहिया चौकमा बजार समितिद्धारा आयोजित झण्डा मेलाको हो ।
यो मेला कार्यक्रमको उदघाटन गर्ने कार्यक्रम जनमत पार्टीको जिल्ला सचिव तथा आदर्श कोतवाल गाउँपालिका अध्यक्षको जिज्ञासु उम्मेदवार विजय गुप्ताद्वारा गर्ने कार्यक्रम रहेको थियो ।
सोही उद्घाटन कार्यक्रमको लागी मञ्चमा जनमत पार्टीको झण्डा अंकित ब्यानर लगाईएको थियो । कार्यक्रम सम्पन्न भएपछि पनि बैनर नझिकेपछि भएको अश्लिल ओरकेष्ट्रापछि आलोचना भएको हो ।
मधेशमा वैकल्पिक शक्तिको रुपमा रहेको जनमत पार्टीको बैनरमुनी नै अश्लिल ओरकेष्ट्रा भएपछि समाजिक सँजालमा चौतर्फी आलोचना भएको हो ।
सो क्रममा जनमतका युवा नेता बिपी साहले झण्डा मेला उदघाटनको क्रममा स्टेजमा झुण्डयाइएको बैनर मात्र उदघाटनसम्म हुनुपर्नेमा झिक्न नसक्दा गलत सन्देश प्रवाह भएको स्वीकारे ।
उनले सोही मँचमा प्रचारात्मक अन्य बैनरहरु झुण्डयाएको देखिएको बताउँदै कार्यक्रम जनमत पार्टीको आयोजना नरहेको प्रष्टयाए । उनले भने, “त्यो कार्यक्रम जनमत पार्टीको आयोजनामा थिएन, स्थानीय मेला समितिले लगाएको झण्डा मेला हो । उदघाटन कार्यक्रममा प्रचारात्मक हिसाबले शुभकामनासहितको बैनर जनमत पार्टीको लोगो अँकित झुण्डयाइएको थियो । समयमा बैनर झिक्न सकेनन । साँझ नाचगान हुँदा सोही बैनर फोकस हुन पुगेको मात्र हो ।”
सो क्रममा जनमतका नेता कार्यकर्ताहरुले भुलवंश बैनर स्टेजमै छुटेको भन्दै समाजिक सँजालबाटै पार्टीको तर्फबाट माफी र क्षमायाचना समेत गरेको छ ।
सो स्टेजमा केही डाक्टर, क्लीनिक र अन्य प्रचारात्मक बैनरहरु समेत पछाडी झुण्डयाइएको देखिएको छ । –न्यूज ब्यूरो