नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको अवसरमा दुई देशबीच बधाई सन्देश आदानप्रदान भएको जानकारी दिएको छ ।
यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिद र जनतालाई बधाइ दिएकी हुन् ।
पाँच दशकअघि बंगलादेश स्वतन्त्रता भएपछि नेपालले सर्वप्रथम मान्यता दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षा क्षेत्रमा बढ्दो सहकार्य नेपाल–बंगलादेश सम्बन्धको उत्कृष्ट नमुना भएको अन्दै खुसी व्यक्त गरिन् ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् ।
बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष मनाउँदै पाएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल–बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितको विषयमा सार्क, बिमस्टेक र बीबीआईएनजस्ता क्षेत्रीय मञ्च र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठनजस्ता बहुपक्षीय मञ्चमा घनिष्ट सहकार्यका साथ काम गरिरहेको पनि बताए ।
त्यसैगरी बंगलादेशका राष्ट्रपतिले दुई देशबीच घनिष्ट सम्बन्ध रहेको तथ्यको भनी प्रशंसा गरेका छन् ।
सन् २०१९ मा भएको नेपालको औपचारिक सद्भाव भ्रमणको पनि स्मरण गर्दै उनले भने, “देश र जनताको समृद्धि र विकासको लागि नेपाल र बंगलादेशले साझा दृष्टिकोण हासिल गरी मिलेर काम गर्ने विश्वास लिएको छुु ।”
नेपाल–बंगलादेशबीच ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो ।