जनकपुर :
अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ । फिल्ममा भोजपुरी स्टार निरहुवा र अमरपालीको मुख्य भूमिका छ ।
बिहीबार जोरपाटीमा फिल्मको छायांकन भएको छ, जहाँ निरहुवा र अमरपालीले नेपाली परम्परा र भेषभूषामा विवाह गरे ।
सुटिङ सेटबाट सार्वजनिक भएको तस्वीरमा दुवै कलाकार ‘वरवधु’ लुक्समा देखिन्छन् ।
२२ दिनको सेड्युल रहेको फिल्मको सम्पूर्ण छायांकन नेपालमै हुने भएको छ । निरहुवा र अमरपाली बाहेकका अन्य कलाकार नेपालबाटै छन् ।
फिल्मलाई मनोज नारायणले निर्देशन गरिरहेका छन् ।