सरकारले आजदेखि अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रममा सञ्चालन गर्दै छ।
हिजो (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै राष्ट्रिय खोप अभियानको सुरुवात गरे। शुक्रबारदेखि भने देशभरका बालबालिकालाई खोप लगाइने छ।
प्रधानमन्त्री देउवाले खोप हस्तान्तरण कार्यक्रममा बोल्दै कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाए जस्तै गरी स्वास्थ्यकर्मीले टाइफाइड विरुद्धको अभियान पनि सफल बनाउनेमा आफू विश्वस्त रहेको बताए।