जनकपुरधाम :
जनकपुर सहित तराईका जिल्लाहरुमा चैती अर्थात बासन्ती छठ पर्वको रौनक कायमै छ ।
पर्वकोे तेस्रो दिन आज व्रतालुहरु निरआहार व्रत बसेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने तयारीमा छन् ।
भाकल पूरा गर्न नपाएका र मंसिरमा छठ मनाउन नपाएकाले चैती छठ मनाउने गर्दछन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट यो पर्व सुरु हुन्छ ।
उदाउँदो सूर्यलाई अर्घ दिएर भोलि व्रत समापन गरिंदैछ । मिथिलामा शरद् र बसन्त ऋतुमा गरी वर्षमा दुई पटक छठ मनाउने परम्परा छ ।