सामाजिक अभियन्ता सरोज राय ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मानपत्रका साथ सम्मान गरेका हुन् । उनीसहित अन्य १६ जना समाजसेवीलाई समेत सम्मान गरिएको छ ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाजकै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी बताए । उनले यसको उद्देश्य सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि रहेको बताए ।
मधेश प्रदेशको सर्लाही बरहथवा जन्भुमी र जनकपुरधाम उपमहानगरपालिका कर्मभूमि भएका सरोज राय इन्जिनियरिङ र आइटी जस्तो पेशा छाडेर सामाजिक सेवामा लागेका हुन् । उनले साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई नेपाल फर्काउन सफल भएका थिए । उमेश विगत १४ वर्षदेखि जेलमा थिए ।
यस्तै, मृत्युदण्ड पाएर १६ वर्षदेखि साउदीको जेलमा रहेको उदयपुरको विवेक दाहालको पनि ज्यान बचाउने पहलमा लागेका छन् । त्यसका साथै उनले भारतलगायत अन्य ठाउँमा हराएका बालबालिकालाई खोजेर उसको परिवारलाई जिम्मा लगाउने काम पनि गर्दै आएका छन् ।