मोरंगको लेटाङमा यौन दुर्व्यवहारको आरोपी पक्राउ गर्ने बिषयमा उत्पन्न हिंसात्मक झडपमा नेपाल प्रहरीको जवान उर्मिला श्रेष्ठको हत्या पछि प्रशासनले जारी गरेको कर्फ्यु बुधबार केहि खुकुलो भएको छ। मोरंग प्रशासनले सोमबार बिहान देखि जारी गरेको कर्फ्यु आदेश बुधबार देखि ६ घण्टा सम्म खुकुलो बनाउने निर्णय गरेको छ। मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राखेको हो। मोरङ प्रशासनको नयाँ निर्णय अनुसार अब बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यू खुकुलो हुनेछ।