बलिउड अभिनेता सलमान खान जेठ १४ मा नेपालमा आउने भएका छन् । उनलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा कन्सर्टका लागि ल्याउन लागेको हो ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता खानसँग भर्चुअल छलफल गर्नेछन् ।
ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले मन्त्री आले र बलिउड अभिनेता खान बीच यसैसाता भर्चुअल संवाद हुने बताए । ’हामी विस्तृत जानकारी बलिउड अभिनेता सलमान खानकै भिडियो रिलिज गरेपछि दिने छौँ’ सिमान्तले भने ।
यस अगाडी सलमानको नेपाल कन्सर्ट अन्तिम समयमा क्यान्सिल भएपछि यसपटक सम्पूर्ण तयारी गरेर मात्र प्रचारप्रसारमा जाने तयारीमा टिम रहेको छ ।