जनकपुरधाम।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।मधेश प्रदेशको पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को पोखरियास्थित सोमबार आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रममा केटी नचाएको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवदेखि मधेश प्रदेशका मुख्यमन्त्री समेत सामेल भएको सो कार्यक्रममा मान्छे जम्मा पार्नको लागि ओरकेष्ट्रा नचाएको हो । यसअघि रौतहट जिल्लामा विभिन्न ठाउँमा पूर्व मन्त्री समेत रहेका पूर्व माओवादीका नेता (हाल एमाले) प्रभु साहले केटी नचाएर विभिन्न कार्यक्रमहरु गरेपछि चौतर्फी आलोचना भएको थियो ।
केही महिनाअघि मात्र सिरहा जिल्लास्थित पूर्व मन्त्री एवम् जसपाका नेता राजकिशोर यादवले समेत ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेपछि आलोचना भएको थियो ।
प्रदेशका मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्तिहरु आसिन मँचमा ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गर्दा समाजिक सँजालमा आलोचना भएको छ ।
(न्युज ब्युरो)