जनकपुर :
धनुषाको जनकपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब दुई बजे जनकपुरधाम उपमहानगरपालिका ११ लक्ष्मण अखडाका १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको हो ।