जनकपुर।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो।
अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ।
गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो। ‘बोर्ड बैठकले जेठ १६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।