जनकपुर।
फागुन पूर्णिया(होली)को दिन मा’प’से गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु हुनुका साथै ४१३ सवारी साधन कारवाहीमा परेका छन् ।
ad
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मा’प’से गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
यस्तै मा’प’से से’व’न गरी हो’ह’ल्ला गरी हि’ड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।