जनकपुरधाम ।
धनुषाको सबैलामा होली मिलन समारोह तथा महामुर्ख समेलनकाे अायाेजना गरेको छ।
सबैला बजारस्थित खुल्ला मन्चमा दुर्गा माँ सामुदायिक सिकाई केन्द्रले होली मिलन समारोह तथा महामुर्ख समेलनकाे अायाेजना गरेको हो ।
प्रत्येक बर्ष आयाेजना गर्दै अाएकाे जोगिरा गायन सहितको कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा माँ सामुदायिक सिकाई केन्द्र सबैलाका अध्यक्ष नथुनि यादबले संस्कृतिको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको समेत बताए ।
हिन्दु धर्म, सँस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनका लागि यस्ता कार्यक्रम गर्दै आएको जनाए ।
हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित हुने गरेका छन् ।
कार्यक्रममा प्रथम , दोस्रो र तेस्रो हुनेहरूलाई नगद प्रदान पुरस्कृत समेत गरेको यादवले बताए ।
साे कार्यक्रममा नेता कार्यकर्ता जनप्रतिनिधि पत्रकार स्थानीय लगायतका उपस्थिति रहेको थियोे ।