जनकपुर ।
ईलाका प्रहरी कार्यालय गौशालाले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जब रस्ती) रङ, लोला अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालर्ल आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा नगर बासीलाई शुभकामना दिदैँ चाडपर्वको नाममा कसैको इच्छा विपरित रंग तथा लोला नहाल्न आग्रह गरेका हुन् ।
‘चाडपर्व मनाउने क्रममा कसैको इन्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्ला बासीमा हार्दिक अपिल गर्दछ’, उनले भने ।
चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।