जनकपुरधाम।
मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा आज औरही पुग्ने भएको छ ।
यस अघि आइतबार परिक्रमका यात्रीहरुले सतोषरमा विश्राम गरेका थिए ।
मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्य परिक्रमा धनुषाको कचुरीबाट बिहीबारदेखि सुरु भएको हो । औंसीदेखि सुरु हुने परिक्रमण फागु पूर्णिमासम्म चल्ने गर्छ ।
मिथिला मध्यमा परिक्रमामा धनुषा र महोत्तरीमा १०७ किलोमिटर, भारत विहार प्रान्तको सीमावर्ती क्षेत्रमा २६ किलोमिटर गरी १३३ किलोमिटर भूभागको साधुसन्तलगायत श्रद्धालु भक्तजनको पैदल यात्रा गर्ने परम्परा छ ।
१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोसे अन्तर गृह परिक्रमा गरी समाप्त हुन्छ ।