जनकपुर ।
शुक्रबार भारतीय मिसाइल पाकिस्तानको सीमा क्षेत्रमा खसेको छ ।
करिब पौने ७ बजे पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चुन्नु सहरमा नजिकै मिसाइल खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मिसलाइल पाकिस्तानी भूमिमा खसेपछि भारत सरकारले प्राविधिक गडबढीका कारण घटना भएको स्पष्टिकरण दिएको छ ।
भारत सरकारले यो घटनाको छानबिन गर्न कोर्ट अफ इन्क्वाइरीको आदेश पनि दिएको छ ।
भारतीय रक्षा मन्त्रालयले घटना खेदजनक भएको उल्लेख गर्दै कुनै मानवीय क्षति नभएको जनाएको छ ।