जनकपुरधाम ।
नेपाली काँग्रेस धनुषाको सभापति चयन गर्न आज दोस्रो चरणको मतदान सुरु हुँदैछ ।
जनकपुरमा आज विहान ८ बजेदेखि मतदान सुरु हुने तय गरिएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवारहरु सन्तोष यादव, योगेन्द्र पजियार र दिनेश प्रसैलामध्ये कसैले पनि ५० प्रतिशत बढी मत नल्याएकाले आज दोस्रो चरणको मतदान हुन लागेको छ ।
काँग्रेसको विधान अनुसार दोस्रो चरणमा सबभन्दा बढी मत ल्याएका पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।
पजियार विमलेन्द्र निधी समूहका र यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका छन् ।
सबभन्दा कम मत ल्याएका कारण प्रसैला प्रतिस्पर्धाबाट आउट भएका हुन् । शेखर कोइराला समूहका प्रसैलाले दोस्रो चरणमा पजियारलाई समर्थन गरेका छन् ।