जनकपुरधाम ।
ऐतिहासिक तथा धार्मिक मिथिला माध्यमिकी परिक्रमा टोली आज महोत्तरीको भंगहा नगरपालिकामा पर्ने कञ्चनवन पुग्दैछ ।
परिक्रमा यात्रीहरुको स्वागत गर्न आज भंगहा नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ ।
परिक्रमा सुरु भएको सातैं दिन कञ्चनबन पुग्ने र गाउँपालिकाको आयोजनामा स्थानीयले यात्रामा सहभागीलाई भव्य स्वागत गर्ने मेयर संजिव साहले जानकारी दिए ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा छ ।
यसवर्ष पनि विशेष होली समारोह आयोजना गरिएको छ । त्यहाँ होली मनाएपछि मिथिलामा होली शुभारम्भ भएको मानिन्छ ।