जनकपुरधाम।
मिथिला माध्यमिकी परिक्रमा छैटौं दिनको पडाँव स्थल आज महोत्तरीको महोत्तरी गाउँपालिकामा पर्ने मडैमा विश्राम गरेको छ । यसअघि सोमबार पाचौं पडाँव स्थलमा पर्ने जिल्लाकै जलेश्वरमा विश्राम गरेका थिए।
धार्मिक परिक्रमाको लस्कर मंगलबार महोत्तरीको जलेश्वर पुगेको थियोे भने जिल्लाको मडई आज बिहानैदेखि पुग्दै छन। यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन्। मडईमा राम र सिताको विबाह उत्सव भएको मान्यता रहेको छ ।
धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमान गढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको थियोे । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरू फुलहर पुगेका छन् । भने, आइतबार मटिहानी, सोमबार जलेश्वर पुगेर विश्राम गरेका थिए भने मंगलबार आज मडई त्यसपछि ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र पुनः कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।