जनकपुर ।
सप्तरीको राजविराज नगरपालिकाले सोमबार आफ्नो मातहतका सबै कार्यलयमा सार्वजनिक विदा दिएको छ ।
२०७३ साल फागुन २३ गते सो नगरपालिका ९ मलेठस्थित औधोगिक क्षेत्रमा सहिद भएका ५ जनाको सम्झनामा नगरपालिकाले विदा दिएको हो ।
आइतबार शोक स्मरण विज्ञप्ति जारी गर्दै नगरपालिकाले नगरपालिका मातहतका कार्यलयहरुमा विदा दिने निर्णय गरिएको जनाएको छ ।
२०७३ फागुन २३ गते औधोगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियान कार्यक्रम राखिएपछि मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो ।
सोही विरोध प्रदर्शन झडपमा हुँदा प्रहरीको गो ली लागेर ५ जनाको मृत्यु भएको थियो ।