एक शिक्षक आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। अर्घाखाँचीको मालारानी गाउँपालिकाका -७ का २७ वर्षीय शिक्षक सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए।
मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आरोपी शिक्षकलाई पक्राउ गरेको हो।
शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।