एजेन्सी।
युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’
अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् । ’
With profound sorrow we confirm that an Indian student lost his life in shelling in Kharkiv this morning. The Ministry is in touch with his family. We convey our deepest condolences to the family. — Arindam Bagchi (@MEAIndia) March 1, 2022केही घण्टा अघि भारतले आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभबाट निस्कन भनेको थियो । युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेर भारतीय नागरिकलाई ‘जे साधन उपलब्ध छन्, त्यसमार्फत् निस्कनुहोस्’ भनेको थियो ।
Advisory to Indians in Kyiv
All Indian nationals including students are advised to leave Kyiv urgently today. Preferably by available trains or through any other means available.
— India in Ukraine (@IndiainUkraine) March 1, 2022